ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आईपीओ) बाँडफाँड भएको छ ।
आवेदकमध्ये ५ लाख ९४ हजार जनाले १० कित्ताका दरले सेयर पाएका हुन् । ज्योति लाइफको सेयरका लागि १८ लाख ४२ हजार ४९६ जनाले आवेदन दिएका थिए । यो संख्या हालसम्मकै उच्च हो ।
कुल आवेकदमध्ये ३२.२४ प्रतिशतले सेयर पाएका छन् । नतिजा यहाँबाट हेर्न सकिन्छ ।
नयाँ जीवन बिमा कम्पनीमध्ये यसअघि प्रभु र रिलायन्स लाइफले आईपीओ जारी गरिसकेका छन् । आइएमई, युनियन, रिलायबल, सिटिजन, सन नेपाल, सानिमा र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी आईपीओका लागि पाइपलाइनमा छन् ।