logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

संसदीय दलको बैठकमा जाने नेपाल समूहको निर्णय


अंकुरण खबर
832
Shares

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा माधव नेपाल समूह सहभागी हुने भएको छ ।

अध्यक्ष ओलीले आज अपराह्न ३ बजेका लागि बोलाएको दलको बैठकमा नेपाल समूहका नेता जाने भएका हुन् ।

संसदीय दलको बैठकमा जाने कि नजाने भनेर छलफल गर्न आजै बोलाएको नेपाल समूहको केन्द्रीय कमिटी बैठकले दलको बैठकमा जाने निर्णय गरेको हो ।

नेपाल समूहका नेताहरूको बैठकले संसदीय दलको बैठकमा जाने र पार्टी स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक माग गर्ने निर्णय गरेको बैठकपछि नेता सुरेन्द्र पाण्डेले जानकारी दिए । दलको बैठकमा सबै नेताहरू जाने उनले बताए ।

यसअघि, ओलीले बोलाएको बैठकमा सहभागी नहुने नेपाल समूहले बताउँदै आएको थियो ।