मौसममा आएको बदलीसँगै शुक्रबार दिउँसो काठमाडौंको आकाश तुवाँलोले ढाकिएको छ ।
नेपालको एकमात्रै अन्तराष्ट्रिय विमानस्थल मौसम खराबीका कारण अवरुद्ध भएको हो । विमानस्थल कार्यलयले दिएको जानकारी अनुसार विमानस्थल एक घण्टादेखि अवरुद्ध रहेको छ ।
मौसम खराबीका कारण आन्तरिक र बाह्य दुवै तर्फका उडान अवतरण अवरुद्ध भएको विमानस्थलका अधिकारीले बताए ।
विमानस्थलका अधिकारीका अनुसार ‘हवाइ सेवा अनिश्चित समयका लािग अबरुद्ध भएको छ । तराईतिरबाट आएको तुवालो र आगलागिका कारण आकाश धमिलो भएकोले हवाई उडान प्रभावित भएको हो । केही समय पछि सञ्चालनमा आउन सक्छ ।’
तुवाँलोका कारण भिजिविलिटी कम हुँदा हवाई उडान प्रभावित भएको छ । भिजिविलिटी नपुगेका कारण उडान र अवतरण प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्र लाल कर्णले जानकारी दिए ।
कर्णका अनुसार अनुसार भिजिविलिटी कम हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएको हो ।
भारतको आकासबाट आएको तुवाँलोका कारण आन्तरिक र वाह्य सेवा उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।