logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमाले संसदीय दलको बैठक बालुवाटारमा, आफ्ना भनाई राखेर बाहिरिए खनाल


अंकुरण खबर
1.508K
Shares

एमाले नेता झलनाथ खनाल संसदीय दलको बैठकबाट बाहिरिएका छन् ।

एमाले र माओवादी केन्द्रको एकतालाई ब्यूँताउने सर्वोच्च अदालतको फैसलापछि प्रधानममन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा पहिलो पटक सहभागी भएर नेता खनाल बाहिरिएका हुन् ।

आजै विहान कलंकीमा बसेको नेता खनाल, माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी हुने निर्णय गरे अनुरुप उनी बालुवाटार पुगेका थिए ।

नेता खनालले पार्टी एकता जोगाउन पछिल्ला निर्णय फिर्ता लिएर २०७५ जेठ २ कै अवस्थामा फर्काउनुपर्ने बताएका छन् ।

‘पार्टी पुन स्थापना गर्ने सर्वोच्चको फैसलापछि गरिएका निर्णय नमान्ने भन्दै एमालेको पहिलै रहेको संरचनालाई कायम राखेर एकता जोगाउनु पर्ने अडान राख्नुभयो’, खनालको भनाइ उद्धृत गर्दै सांसद जीवनराम श्रेष्ठले भने ।

बैठकमा खनाल सहभागी भएपनि नेता नेपाल, भीम रावल उपस्थ्ति थिएनन् । नेता वामदेव गौतम पनि बैठकमा सहभागी छन् ।