logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तुवालोका कारण अबरुद्ध भएको विमानस्थल करिब साढे दुई घन्टापछि खुल्यो


अंकुरण खबर
1.209K
Shares

तुवालोका कारण भिजिबिलीटी कम भएपछि बन्द भएको हवाइ सेवा सुचारु भएको छ ।

करिब साढे दुई घन्टापछि विमानस्थल खुलेको हो ।

नेपाल वायुसेवा निगमका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार केही बेरअघिबाट हवाई सेवा सुचारु भएको हो । ‘भिजीबिलीटी कम भएपछि दुई घण्टा ४५ मिनेट हवाई सेवा बन्द रह्यो’ उनले भने, अहिले केही सुधार भएपछि हवाई सेवा सुचारु भएको छ ।’

शुक्रबार तुवाँलोका कारण त्रिभुवन विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय दुबै उडान बन्द भएका थिए । जहाज उडानका लागि ८ सय मिटरको भिजिविलिटी हुनुपर्छ ।

भिजिबिलीटी कम भएपछि हवाई सेवा अवरुद्ध भएको थियो । साना जहाज अवतरणका लागि एक हजार ६ सय मिटर भिजिविलिटी आवश्यक पर्छ भने ठूला जहाजको लागि २ हजार आठसय मिटर आवश्यक पर्छ ।