नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको असामयिक निधन प्रति राष्ट्रपति विद्यादेवी भण्डारीले दुःख व्यक्त गरेकी छन्।
राष्ट्रपति भण्डारीले शनिबार बिहान ट्वीट गर्दै उनको निधनबाट मुलुकले एक इमान्दार एवं स्वच्छ छवि भएका राजनीतिज्ञ गुमाएको जनाएकी हुन्।
स्वर्गीय जोशीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै राष्ट्रपतिले शोकसन्तप्त परिवारमा समवेदना पनि प्रकट गरेकी छिन् ।
जोशीलाई फागुन १३ मा मस्तिष्कघात भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा शुक्रबार साँझ करिब ८ ३० मा निधन भएको थियो । जोशी गत फागुन १४ मा मस्तिष्कघात भएर नर्भिक इन्टरनेसनल अस्पतालमा उपचाररत जोशीको शुक्रबार साँझ निधन भएको थियो । अहिले जोशीको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि पार्टी कार्यालयमा राखिएको छ ।