logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कञ्चनपुरमा पिकनिक गएका वडाध्यक्षको मृत्यु, सात पक्राउ


अंकुरण खबर
1.261K
Shares

कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष मदन चन्दको मृत्यु भएको छ ।

वनभोज गएका चन्दको घाँटीमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा उपचारकै क्रममा शुक्रबार राति उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

शुक्रबार वडाध्यक्ष चन्दको नेतृत्वमा वडाका जनप्रतिनिधि तथा कर्मचारी गरी ८ जना बेदकोट नगरपालिकाको चुनेपानी क्षेत्रमा वनभोज मनाउन गएका थिए ।

त्यसै क्रमममा उनको घाँटीमा एक्कासि समस्या देखिएपछि उनलाई महाकाली अस्पताल ल्याइएको थियो । त्यहाँ वडाअध्यक्षलाई मासु र रक्सी खाने बेला अचानक घाँटीमा समस्या आएको भन्ने छ । सँगै गएकाहरूले मासु घाँटीमा अड्केर समस्या आयो भनेका छन्,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरिक्षक अमर थापा क्षेत्रीले भने ।

घाँटीमा समस्या देखिएपछि उनलाई शुक्रबार नै महाकाली अस्पताल पुर्‍याइएको थियो । त्यहाँ पुर्‍याउँदा अस्पतालले मृत घोषणा गरेको डिएसपी थापाले बताए ।

घटनापछि वडाअध्यक्षसँगै पिकनिक गएका अन्य सात जनालाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको उनले बताए । शव परीक्षणपछि मृत्युबारे विस्तृत जानकारी हुने डीएसपी थापाले जानकारी दिए ।