पछिल्लो २४ घण्टामा नेपालमा ८५ जना कोरोना संक्रमित थपिएका छन् ।
योसँगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ७ सय ५० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार २ सय ८८ जना सक्रिय संक्रमित छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार ७ सय ४५ जनाको पिसिआर परीक्षण गर्दा ८५ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २२ लाख ५९ हजार ४५ पुगेको छ।
गत २४ घण्टामा ९३ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७२ हजार ४ सय ३५ जना पुगेको मन्त्रालयले जनाएको छ।
आज कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन। हाल ५९ जना क्वारेन्टाइनमा छन्।