logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विश्वको सबैभन्दा प्रदुषित सहरको सूचीमा काठमाडौं पहिलो नम्बरमा


अंकुरण खबर
2.418K
Shares

नेपालको राजधानी काठमाडौं आज विश्वको सबैभन्दा प्रदूषित शहरको सूचीमा पहिलो नम्बरमा देखिएको छ।

श्वको प्रदूषण मापनको यथार्थ देखाउने आइक्युएयर डट कमका अनुसार शनिबार बिहानैदेखि काठमाडौं विश्वकै पहिलो वायु प्रदूषित शहरमा सूचीकृत रहेको छ।

काठमाडौंको उपत्यकाको वायुको गुणस्तर अहिले पनि करिब ३ सय एक्युआई (एयर क्वालिटी इन्डेक्सं) पुगेको छ।

शुक्रबारदेखि नै काठमाडौं उपत्यकाको आकाश तुवाँलोले ढाकेको छ। यो तहको वातावरण फोक्सोको रोग भएका बिरामी, बालबालिका र ज्येष्ठ नागरिकहरूलाई बढी जोखिमयुक्त हुन्छ।

सावधानी अपनाउन र आवश्यकबाहेक घरबाहिर नजान स्वास्थ्यविद्हरुले सुझाव दिएका छन्।