logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज फगु पूर्णिमा,घरभित्रै होली मनाउन सरकारको आग्रह


अंकुरण खबर
923
Shares

आज रङ्गहरूको पर्व फगु पूर्णिमा ।

फागु पूर्णिमालाई हिन्दू परम्पराअनुसार रङ्गहरूको पर्वका रूपमा लिइन्छ । यद्यपी कोरोना संक्रमणको डर र वायु प्रदुषणका कारण यो वर्ष होलीको रौनक खासै देखिएको छैन । सरकारले कोरोना भाइरसको संक्रमण फैलने डरले भीडभाड नगर्न, घरभित्रै होली मनाउन आग्रह गरेको छ । नियम नमानी भिडभाड गरे कारबाही गर्ने जनाएको छ ।

असत्यमाथि सत्यको जीतका रूपमा मनाइने यो पर्व पहाडी क्षेत्रमा आज र तराईमा भोलि मनाइन्छ ।

काठमाडौँको बसन्तपुरमा चीर ठड्याएपछि यो पर्व औपचारिक रूपमा सुरु हुने मान्यता छ ।