चितवनको भरतपुरमा शनिबार बेलुका यात्रु बस र स्कुटर ठोक्किँदा तीनजनाको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका–२२ पकौडी बजारमा जगतपुरबाट भरतपुरतर्फ आउँदै गरेको बस र विपरीत दिशाबाट जाँदै गरेको स्कुटर ठोक्किँदा स्कुटरमा सवार तीनजनाको मृत्यु भएको हो ।
ना ५ ख २१५० नम्बरको बस र ना ४० प ७०८२ नम्बरको स्कुटर एक आपसमा ठोक्किदाको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिए ।
दुर्घटनामा परी स्कुटरमा सवार भरतपुर–६ गीतानगर बस्ने ४० वर्षीय स्कुटर चालक मोहन अधिकारी, स्कुटरमा सवार सोही स्थान बस्ने मोहनकी छोरी १७ वर्षीया विनिसा अधिकारी र सोही स्थान निवासी चालकको दाइकी छोरी १७ वर्षीया दिविसा अधिकारीको मृत्यु भएको थापाले बताए ।