logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नाकामा एक व्यक्ति १० मास्क अभियान चलाउँदै सरकार


अंकुरण खबर
1.001K
Shares

सरकारले कोभिड-१९ नियन्त्रणका लागि भारतबाट आउने नाकामा एक व्यक्ति १० मास्क अभियान चलाउने भएको छ ।

नाकाबाट नेपाल प्रवेश गर्ने प्रत्येक व्यक्तिलाई १० वटा मास्क दिएर पठाउने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तयारी गरेको छ ।

संक्रमणबारे सचेतना तथा समुदयमा फैलन नदिनका लागि अभियान सञ्चालन गर्न लागिएको महाशाखाका निर्देशक डा। कृष्णप्रसाद पौडेलले बताए ।

“एकजनालाई १० वटा मास्क दियो भने कमसेकम एउटा परिवारमा संक्रमण फैलिन पाउँदैन । यसले समाुदायस्तरमा कोभिड फैलिन रोकथाम हुने हाम्रो आँकलन छ,” डा. पौडेलले भने ।

अहिले हेल्थ डेस्क सञ्चालन भइरहेका नाकाहरुबाट एक नाकामा एक दिनमा कमसेकम ६ हजार मास्क वितरण गर्ने सरकारको लक्ष्य रहेको डा. पौडेलले बताए ।