महानगरीय ट्राफिक प्रहरी महाशाखाले होलीमा ट्राफिक नियम उलंघन गर्ने सात सय बढी सवारी चालकलाई कारवाही गरेको छ ।
मोटरसाइकलमा तीन जनालाई राखेर कुदाउने, होहल्ला गर्दै हिँड्ने सवारी चालकलाई कारवाही गरिएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीका अनुसार अहिलेसम्म सात सय बढी सवारी चालकलाई कारवाही गरिएको छ । अधिकारीका अनुसार तीन सय बढी सवारी साधनलाई होल्डमा राखिएको छ ।
होली मनाउने नाममा मापसे गरेर सवारी साधन चलाइरहेका ३० जनालाई कारवाही गरिएको अधिकारीले बताए । ट्राफिक प्रहरीले चोकचोकमा बसेर चेकजाँच गरेको बताएको छ ।