पछिल्लो २४ घण्टामा नेपालमा ८९ जना कोरोना संक्रमित थपिएका छन्।
योसँगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ८ सय ३९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार २ सय ८२ जना सक्रिय संक्रमित छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार १०१ जनाको पिसिआर परीक्षण गर्दा ८९ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २२ लाख ६१ हजार १४६ पुगेको छ।
आइतबार ९५ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७२ हजार ५३० जना पुगेको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन। नेपालमा कुल संक्रमित मृतकको संख्या ३ हजार २७ पुगेको छ। हाल ५९ जना क्वारेन्टाइनमा छन्।