logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वसन्तपुरमा होली खेल्दा दुई समूहबीच झगडा, दुई युवक घाइते


अंकुरण खबर
1.248K
Shares

वसन्तपुरमा होली खेल्ने क्रममा दुई समूहबीच कुटाकुट भएको छ । कुटपिटमा दुई युवक घाइते भएका छन् ।

आज दिनभर वसन्तपुरमा होली मनाइको छ। होली खेल्ने क्रममा दुई समूहबीच झडप भएको हो ।

वसन्तपुर नजिकै छ्वासपाखा गल्लीमा भएको कुटपिटमा दुई जना घाइते भएका छन् । उनीहरुमाथि धारिलो हतियार प्रहार भएको प्रहरीले जनाएको छ । घाइते दुवै जनाको वीर अस्पतालमा उपचार भइरहेको छ ।

सात आठ जनाको समूहले उनीहरुमाथि धारिलो हतियारले प्रहार गरेको हो। कुटपिटमा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।