चीनले उपलब्ध गराएको कोरोना भाइरस सम्बन्धि अतिआवश्यक सहायता सामग्री लिएर नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ३३० जहाज आज काठमाडौं आइपुग्ने छ ।
आवश्यक सामग्री लिन आइतबार साँझ चीन गएको जहाज पूर्वनिर्धारित तालिका अनुसार बेइजिङबाट स्थानीय समयानुसार अपराह्न साढे चार बजे काठमाडौँका लागि प्रस्थान गर्नेछ । उक्त जहाज राति साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।
यही चैत १ गतेको मन्त्रिपरिषद्को बैठकले मित्रराष्ट्र चीनले प्रदान गर्ने कोभिड– १९ विरुद्धको खोप ‘भेरासेल’ लगायत सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो । सो निर्णयबमोजिम चीन सरकारले उपलब्ध गराउने आठ लाख मात्रा कोभिडविरुद्धको खोपलगायत सहायता सामग्री लिन निगमको जहाज चीन गएको हो ।