logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिके राउतविरुद्ध राज्यविरुद्धको अपराध मुद्दामा म्याद जारी, ३५ दिनभित्र हाजिर हुनपर्ने


अंकुरण खबर
1.859K
Shares

पृथकतावादी गतिविधि त्यागेर ‘मूलधारको’को राजनीतिमा आएका डा. चन्द्रकान्त राउत (सीके राउत) लाई ३५ दिन भित्र अदालतमा हाजिर हुन सूचना जारी भएको छ ।

नवलपरासी जिल्ला अदालतले राउतलाई ३५ दिनभित्र अदालतमा हाजिर हुन भनेर सूचना जारी गरेको हो ।

राज्यविरुद्धको संगठित अपरारध मुद्दामा जिल्ला अदालतले राउतविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । पक्राउ पूर्जी थमाउनका लागि घर-द्वार फेला पत्ता नलागेको भनेर अदालतले राउतविरुद्ध ३५ दिने सूचना जारी गरेको हो ।

रौतहटको महादेव गाउँपालिका वडानम्बर २ घर भइ हाल धनुषाको जनकपुर उपमहानगरपालिका-८ डेरा गरी बस्दै आएका राउत अहिले जनमत पार्टीका अध्यक्ष हुन् ।

पृथकतावादी गतिविधिमा संलग्न रहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय नवलपरासीको अनुसन्धान प्रतिवेदनअनुसार राउतविरुद्ध राज्यविरुद्धको संगठित अपरोधको मुद्दा दर्ता भएको थियो ।

राउत भने २४ फागुन २०७५ मा सरकारसँग ११ बुँदे सहमति गर्दै ‘मूलधारको’ राजनीतिमा आएका थिए ।