logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ललिता निवास जग्गा प्रकरण : पूर्वप्रधानमन्त्री नेपाल र डा. भट्टराईविरुद्धको मुद्दामा सुनुवाइ जारी


अंकुरण खबर
1.508K
Shares

ललिता निवासको सरकारी जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ चलिरहेको छ।

ललिता निवासको सरकारी जग्गा प्ररकणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। अख्तियारले पूर्वमन्त्रीहरू विजयकुमार गच्छेदार, डम्बर श्रेष्ठ र चन्द्रदेव जोशीविरुद्ध पनि मुद्दा दायर गरेको थियो।

तर, नीतिगत निर्णय भन्दै पूर्वप्रधानमन्त्रीद्वय नेपाल र डा. भट्टराईविरुद्ध मुद्दा चलाएको थिएन। त्यस्तै, जग्गा फिर्ता दिने वाचा गरेपछि अर्थमन्त्री विष्णु पौडेलका छोरा नवीन पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीविरुद्ध पनि मुद्दा दर्ता गरिएको थिएन।

उनीहरूलाई उन्मुक्ति दिएको जिकिर गर्दै अधिवक्ता बालकृष्ण न्यौपानेले अख्तियार र महान्यायाधिवक्ताको कार्यालयविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए। रिटमा अधिवक्ता न्यापानेले चारै जनाविरुद्ध पनि मुद्दा चलाउनका लागि आदेश माग गरेका थिए।

त्यही मुद्दामा आज सर्वोच्चका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र हरिप्रसाद फुँयालको इजलासमा सुनुवाइ भइरहेको छ।

यसअघि २ फागुनमा आनन्दमोहन भट्टराई र हरिप्रसाद फुँयालको इजलासले मुद्दा किन नचलाएको भन्दै सर्वोच्चले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग जबाफ मागेको थियो।