बर्दियामा बाघको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन् ।
खेतमा सिँचाइ गर्न गएका गेरुवा गाउँपालिका–१ का ३५ वर्षीय चुलाराम थारुलाई आज बिहान साढे ५ बजे पाटेबाघले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
बाघको आक्रमणबाट टाउको र ढाडमा गम्भीर चोट लागेका थारुको नेपालगञ्जस्थित नर्सिङ होममा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पाताभारका प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिए ।
पछिल्लो समय बर्दियामा बाघको आक्रमण बढ्दै गइरहेको छ । यसअघि नरभक्षी भएको आशंकामा दुईवटा बाघ नियन्त्रणमा लिइएको थियो ।