logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा थपिए १४१ जना कोरोना संक्रमित, ८२ जना डिस्चार्ज


अंकुरण खबर
754
Shares

पछिल्लो २४ घण्टामा नेपालमा १ सय ४१ जना कोरोना संक्रमित थपिएका छन्।

योसँगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ९ सय ८० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार ३ सय ४१ जना सक्रिय संक्रमित छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार १ सय २२ जनाको पिसिआर परीक्षण गर्दा १ सय ४१ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २२ लाख ६४ हजार २ सय ६८ पुगेको छ।

सोमबार ८२ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७२ हजार ६ सय १२ जना पुगेको मन्त्रालयले जनाएको छ।

आज कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन। नेपालमा कुल कोरोना संक्रमितको संख्या ३ हजार २७ छ। हाल ५६ जना क्वारेन्टाइनमा छन्।