logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोटेश्वरमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले नेता नेपालबीच भेटवार्ता


अंकुरण खबर
1.066K
Shares

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

अध्यक्ष प्रचण्ड र नेता नेपालबीच सोमबार दिउँसो करिव २ घण्टा कोटेश्वरस्थित एक घरमा भेटवार्ता भएको हो । भेटवार्तामा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको दुवै नेता निकट श्रोतहरुले बताएका छन् ।

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता र संसद बैठक स्थगित गर्ने चर्चा भइरहेका बेला नेताद्धयबीच भेटवार्ता भएको हो ।  अध्यक्ष प्रचण्डले शनिबार काठमाडौमा भएको एक कार्यक्रममा केही दिनभित्रै सरकारलाई दिएको समर्थन फिर्ता गर्ने बताएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि एमाले नेता नेपाल पक्ष र प्रचण्ड पक्षले त्यसविरुद्ध आन्दोलन गरेका थिए । सर्वोच्चको फैसलाबाट प्रतिनिधिसभा पुनःस्थापना भएपनि सरकारले बिजनेस नदिँदा कामविहिन हुदै आएको छ ।