logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

माओवादी केन्द्र पुनरावलोकनमा जाँदै


अंकुरण खबर
1.456K
Shares

एमाले र माओवादी केन्द्र व्युँतिने गरि भएको फैसलाको पुनरावलोकन गर्न आज माओवादी केन्द्र सर्वोच्च अदालत जाने भएको छ ।

मङ्गलबार बिहान ११ बजे माओवादी केन्द्र सर्वोच्च अदालत पुगी फैसला पुनरावलोकनको माग गर्ने भएको हो ।

न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले ऋषि कट्टेल नेतृत्वको नेकपालाई मान्यता दिँदै केपी शर्मा ओली र पुष्पकमल दाहाल नेतृत्वको नेकपालाई गत फागुन २३ मा विघटन गरिदिएको थियो । माओवादी केन्द्रले सोही फैसलाको पुनरावलोकन गर्ने भएको हो ।

यसअघि नै माओवादी केन्द्रको स्थायी समिति र केन्द्रीय समिति बैठकले सर्वोच्चको फैसला चित्त बुझ्दो नभएको भन्दै फैसला पुनरावलोकनका लागि सर्वोच्च जाने निर्णय गरेको थियो ।

कानुन व्यवसायीहरूसँगको लामो समयको छलफल‍पछि भने आज माओवादी केन्द्र सर्वोच्च जाने भएको छ।