logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

निलम्बनपछि आन्तरिक रणनीति बनाउँदै नेपाल, आज स्थायी कमिटी सदस्यहरूसँग छलफल गर्दै


अंकुरण खबर
871
Shares

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूसहित नेता भीम रावललाई ६ महिनाका लागि निलम्बन गरेपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल आन्तरिक रणनीति बनाउन छलफल गर्दैछन् ।

उनले आज अब कसरी अगाडि बढ्ने भन्ने विषयमा आफू निकटका स्थायी कमिटीका सदस्यहरूसँग छलफल गर्न लागेको नेपालको सचिवालयले जनाएको छ।

नेता नेपालले आजै दिउँसो १२ बजे आफ्नो समूहका स्थायी कमिटीका सदस्यहरूसँग छलफल गर्न लागेका हुन् ।

ओलीले निलम्बन गरेपछि अब नेकपा एमालेभित्रको आन्तरिक संघर्ष निकै चुलिने देखिएको छ । समानान्तर कमिटी विस्तार गर्दै लगिरहेको माधव-झलनाथ पक्षले अब गाउँ कमिटीसम्म कमिटी पुनर्गठन गर्ने रणनीतिक अघि सार्ने देखिएको छ ।