logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विदेश पठाइदिने भन्दै ठगी गर्ने युवक समातिए


अंकुरण खबर
741
Shares

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले दाङ लमहीका सरोज अधिकारी भन्ने शिरिस बस्नेतलाई पक्राउ गरेको हो । बस्नेतले अन्य मानिसहरूसँग मिलेर वैदेशिक रोजगारीमा लग्ने भन्दै ७२ लाख ३२ हजार ६ सय ६५ रुपैयाँ ठगी गरेको उजुरी परेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरूले विदेश जना इच्छुक मानिसलाई अनलाइनबाट नै ५ हजार रुपैयाँ तिरेर फारम भर्न लगाइ ठगी गरेको देखिएको छ ।

त्यसै साइप्रसमा रहेका सफल गुरुङको हस्ताक्षर किर्ते गरेर बैङ्क खाता खोली पीडित मानिसलाई रकम जम्मा गर्न लगाएको परिसरका एसपी प्रज्वल महर्जनले जानकारी दिए।