logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनको मूल्य तोलामा पाँच सय रुपैयाँ घट्यो


अंकुरण खबर
871
Shares

साताको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ ।

आज छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेर प्रतितोला ८६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार छापावाला सुनको मूल्य तोलाको ८६ हजार पाँच सय रुपैयाँमा कायम थियो ।

आज तेजाबी सुनको मूल्य तोलामा पनि पाँच सय रुपैयाँले घटेर ८५ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।