logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पुनरावलोकन निवेदन लिएर सर्वोच्च अदालत पुगे प्रचण्ड


अंकुरण खबर
1.573K
Shares

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वोच्च अदालत पुगेका छन् ।

नेकपा खारेजविरुद्ध पुनरावलोकनको निवेदन लिएर प्रचण्ड मंगलबार मध्यान्ह सर्वोच्च अदालत पुगेका हुन् । प्रचण्डसँगै नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, शक्ति बस्नेत, वर्षमान पुन, हरिबोल गजुरेलसहितका नेता पनि सर्वोच्च  पुगेका छन् ।

ऋषिराम कट्टेलको नेकपालाई मान्यता दिँदै गत फागुन २३ गते सर्वोच्चले नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रिया खारेज गरेको थियो। सर्वोच्चको सो फैसलापछि एमाले र माओवादी ब्युँतिएको थिए।

सर्वोच्च अदालतको फैसलाविरुद्ध यसअघि नै पुनरवलोकनमा जाने निर्णय गरे पनि माओवादी केन्द्र आन्तरिक परामर्शमा थियो । अदालतको फैसला चित्त नबुझे ६० दिनभित्र पुनरवलोकनमा जान सकिने कानुनी प्रावधान छ ।