logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ललितपुरमा पनि भेटियो वर्डफ्लु


अंकुरण खबर
1.612K
Shares

ललितपुरमा महानगरपालिकामा घरमा पालिएका पन्छीमा बर्डफ्लु देखिएको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार ललितपुर महानगरपालिका–१४ का किसानले पालेका स्थानीय कुखुरा, बट्टाई र हाँसमा बर्डफ्लु देखिएको  हो ।

रोग पुष्टी भएका ५१६ हाँस, ८५४ स्थानीय कुखुरा, १५४ बट्टाई, ९४४ गोटा अण्डा र ३३५ केजी दाना नष्ट गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गरी भेटनरी प्रमाण पत्र लिनुपर्ने बताएको छ।

कुनै पनि पन्छी फार्म वा बिक्रीस्थलमा अस्वाभाविक रूपमा पन्छी बिरामी परेमा वा मरेमा तत्काल नजिकको पशु सेवाका निकायमा सूचना गर्न मन्त्रालयले आग्रह गरेको छ।