logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रेशम चौधरी छुटाउन पहिलो चरणको वार्ता सुरु


अंकुरण खबर
819
Shares

थारु कल्याणकारी सभा, थरुहट/ थारुवान संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिको वार्ता टोली र गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा गठित सरकारी वार्ता टोलीबीच आज पहिलो चरणको वार्ता सुरु भएको छ।

सरकारी वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई र पूर्व सासंद भगवती चौधरी सदस्य छन्। थरुहटका तर्फबाट रुक्मिणी चौधरीको संयोजकत्वमा प्रेमलाल चौधरी, पदमनारायण चौधरी, चन्द्रबहादुर चौधरी, प्रभात चौधरीसहित टोलीको वार्ता सुरु भएको हो ।

टीकापुर घटनामा थारु कल्याणकारी सभाका अध्यक्ष धनिराम चौधरी, सांसद रेशम चौधरी लगायतमाथि लगाइएको मुद्दा फिर्ता गरिनुपर्ने, थरुहट आन्दोलनको क्रममा मारिएकाहरूलाई सहिद घोषणा गर्नुपर्ने, लोकसेवा आयोगलगायत राज्यका विभिन्न निकायमा थारु समुदायका लागि छुट्टै आरक्षणको व्यवस्था गर्नुपर्ने सहितका १९ बुँदे माग राखेर केही दिनदेखि उनीहरू आन्दोलनमा छन्।