logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओलीले जनयुद्धका उपलब्धि उल्ट्याउन खोजे : प्रचण्ड


अंकुरण खबर
1.248K
Shares

नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीले जनयुद्धका उपलब्धि उल्ट्याउन लागिपरेको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, ‘गत पुस पुस ५ गतेको घटना संसद् विघटन गर्ने सामान्य घटनामात्र होइन, जनयुद्धका उपलब्धि उल्ट्याउने षड्यन्त्रको सुरुवात थियो। त्यसको सबैभन्दा बढी पीडा सहिद परिवारलाई दिएको छ ।’

ओलीले पेलेर लान खोजे पनि जनताको दबाब र अदालतको आँटले संसद् पुनर्स्थापना भएको बताउँदै उनले जनता नजागेको भए ओलीले असंवैधानिक कदम चाल्दै जाने दाबी गरे ।