logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतीय सेनाद्वारा नेपाली सेनालाई कोरोना खोप हस्तान्त्रण


अंकुरण खबर
1.612K
Shares

भारतीय सेनाले नेपाली सेनालाई १ लाख डोज कोभिड-१९ विरुद्धको खोप हस्तान्त्रण गरेको छ ।

मंगलबार जंगी अड्डामा आयोजित एक कार्यक्रमबीच नेपालका लागि भारतीय राजदुत विनय मोहन क्वात्राले प्रधान सेनापति पुर्णचन्द्र थापालाई खोप हस्तान्तरण गरे ।

भारतीय सेनाले नेपाली सेनालाई दिएको कोभिड-१९ विरूद्धको कोभिशील्ड भ्याक्सिन आइतबार नेपाल आइसकेको थियो ।

कोभिड–१९ महामारीको प्रतिकार्यमा सहयोग पुर्‍याउने उद्देश्यका साथ भारतीय सेनाले नेपाली सेनालाई भ्याक्सिन उपलब्ध गराएको बताएको छ ।

यसअघि भारत सरकारले नेपाललाई १० लाख डोज भ्याक्सिन अनुदानस्वरूप उपलब्ध गराएको थियो ।