logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन सुरु हुँदै


अंकुरण खबर
780
Shares

लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन आजदेखि सुरु हुँदै छ ।

प्रदेश सभाको सातौ अधिवेशनको पहिलो बैठक आज दिउँसो १ बैठक बस्दै छ ।

आजको बैठकमा नेकपा माओवादी केन्द्रका सांसदहरु भने पुरानै स्थानमा अर्थात सत्ता पक्षको कुर्सीमा नै बस्ने बताइएको छ । सर्वोच्चको फैसला पछि एमाले र माओवादी केन्द्र ब्युँतिएपछि माओवादीले समर्थन फिर्ता लिएको छैन । मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार गठबन्धन सरकारको रुपमा रहेको छ ।

आजको बैठकमा शुभकामना मन्तव्यपछि २ वटा विधेयकका प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ ।  बैठकमा प्रदेश पूर्वाधार विकास प्राधिकरण सम्बन्धि विधेयकलाई सैद्धान्तिक छलफलका लागि प्रस्ताव पेश गर्ने र प्रदेश विश्व विद्यालय स्थापनाका लागि अध्ययन समितिको प्रतिवेदन माथि छलफलका हुने कार्यक्रम रहेको छ ।