logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाँकेमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
962
Shares

बाँकेमा पछिल्लो २४ घण्टामा एकैपटक १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पतालको प्रयोगशालामा परीक्षण गरिएका ४५ नमुनामध्ये १८ जनामा संक्रमण देखिएको हो ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९डीसीसीएमसी० का कोरोना फोकल पर्सन तेज ओलीका अनुसार कोरोना पुष्टि हुनेहरूमा बाँकेका १३ जना, बर्दिया, जाजरकोट, कैलाली, ललितपुर र सुर्खेतका एक–एक जना छन् ।

योसँगै बाँकेमा पुष्टि भएका कुल संक्रमितको संख्या ४ हजार ७ सय ३० पुगेको छ भने ४ हजार ६ सय ४९ जना निको भएर घर फर्केका छन् । बाँकेमा जिल्ला भित्रका ५६ र बाहिरका ८८ गरी १ सय ४४ जनाको कोरोनाले मृत्यु भइसकेको छ ।