logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

 पार्टी कार्यालयको खोजीमा छौं  : माधव नेपाल


अंकुरण खबर
858
Shares

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी कार्यालयको खोजी भइरहेको बताएका छन् ।

आज आफू निकट युवा संघ नेपालको केन्द्रीय कार्यालय उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

तपाईंहरूले कार्यालय खोज्नुभयो, हामीले पनि पार्टी कार्यालय खोजिरहेका छौं,’ उनले भने, ‘तपाईंहरू सबै लाग्नुस्, तल्लो तहसम्म कमिटीलाई विस्तार गर्दै लैजानुस्।’

उनले युवाहरूलाई आक्रामक रूपमा अगाडि बढ्न निर्देशन दिए।

‘अब हामीले तीव्र रूपमा पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो,’ उनले भने, ‘सामाजिक, आर्थिक र राजनीतिक क्रान्ति गर्नेतर्फ लाग्नुपर्छ, सबै हिसाबले उत्कृष्ट बन्नुपर्छ।’

यस्तै उनले कम्युनिष्ट आन्दोलन धरासायी बनाउने काम भइरहेको बताउँदै पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने बताए।