logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मेलम्चीको पानी काठमाडौं ल्याउने सपना ३० वर्षअघि नै देखिएको थियो : सांसद केसी


अंकुरण खबर
1.807K
Shares

नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभाका सांसद राजेन्द्रकुमार केसीले मेलम्चीको पानी काठमाडौं ल्याएको जस अहिलेको सरकारलाई मात्र दिन नमिल्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता केसीले मेलम्चीको पानी काठमाडौं ल्याउने सपना ३० वर्षअघि नै कांग्रेसका तत्कालिन नेता कृष्णप्रसाद भट्टराईले देखेको बताए ।

३० वर्षयता भएको कामका कारणले नै अहिले मेलम्चीको पानी काठमाडौं आइपुगेको उनले बताए ।

कसले लिने भन्ने ठूलो कुरा नभई काठमाडौंमा पानी आउनु ठूलो कुरा भएको भन्दै उनले ३० वर्षदेखि गरेको काम अहिले मैले गरेँ भनेर हुंकार गर्नु कत्तिको न्यायोचित हुन्छ ? भनेर प्रश्नसमेत गरे ।