logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रतिनिधिसभाको अर्को बैठक २३ चैतमा


अंकुरण खबर
650
Shares

प्रतिनिधिसभाको आजको बैठक सकिएको छ ।

संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकमा विभिन्न दलका सांसदहरूले विशेष समय र शून्य समयमा विविध विषयको उठान गरेका थिए ।

साथै बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन र विकास तथा प्रविधि समितिको वार्षिक प्रतिवेदनसमेत सदनमा पेस भएको छ ।

अन्त्यमा संविधान सभा सदस्य नवीन्द्रराज जोशी र लक्ष्मी देवी भण्डारीको निधनप्रति शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित भएको हो ।

अब अर्को बैठक चैत २३ गते दिउसो १ बजे बस्ने छ ।