logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लागुऔषध प्रयोगकर्ता दुई युवा हेटौंडाबाट पक्राउ


अंकुरण खबर
910
Shares

मकवानपुरको तीनताप्केमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् ।

हेटौंडा उपमहानगरपालिका-३ तीनताप्केस्थित पुर्व–पश्चिम लोकमार्ग सडक खण्डबाट आगुऔषध नाइट्रोभेट ट्याब्लेटसहित दुई जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा हेटौंडाका १८ वर्षीय सुशिल बर्तौला र मोरङ विराटनगरका-४ का २१ वर्षीय रविन कार्की छन् । उनीहरुलाई लागूऔषध नाइट्रोभेट ६० ट्याब्लेटसहित मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

उनीहरु लागुऔषध प्रयोगकर्ता समेत रहेको प्रहरीको भनाई छ ।