logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक


अंकुरण खबर
1.274K
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

यसअघि बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्दै आएको बैठक आज भने सिंहदरबारमा बस्न लागेको हो ।

साँझ ६ बजे बस्ने बैठक नियमित भएको र नियमित एजेन्डामै छलफल हुने बताइएको छ । झन्डै डेढ वर्षपछि सिंहदरबारमा पहिलोपटक मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।

यसअघि कोभिड–१९ संक्रमण र प्रधानमन्त्री ओली बिरामी भएका कारण मन्त्रिपरिषद्को बैठक बालुवाटारमा बस्दै आएको थियो ।