नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढेको छ ।
बिहीबार छापावाला सुन तोलामा ९०० रुपैयाँले बढेर प्रतितोला ८६ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार छापावाला सुन तोलामा प्रतितोला ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुन तोलामा ८६ हजार ५० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार चाँदी तोलामा ११ सय ९५ रुपैयाँ कायम भएको थियो ।