logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

खेतमा गएकी महिलामाथि जबरजस्ती करणी, एक जना पक्राउ


अंकुरण खबर
858
Shares

हुम्लामा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

४६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ताजाकोट गाउँपालिका ३ का २७ वर्षीय पदम शाहीलाई बुधवार प्रहरीले पक्राउ गरेको हो ।

शाहीले चैत १३ गते दिउँसो स्थानीय खेतमा ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय हुम्ला र प्रहरी चौकी छप्रेला ताजाकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।