logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ट्याक्सीले ठक्कर दिँदा ठूलो भर्‍याङमा स्कुटर चालकको मृत्यु


अंकुरण खबर
624
Shares

स्वयम्भू ठूलो भर्‍याङमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

विहीबार विहान बालाजुबाट स्वयम्भूतर्फ आउँदै गरेको बा१ज ३८८६ नम्बरको ट्याक्सीले विपरित दिशाबाट आइरहेको बा प्र ०२०२४४७४२ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।

ट्याक्सीले ठक्कर दिँदा स्कुटरमा सवार २२ वर्षीय शुभम् बज्राचार्यको घटनास्थलमै निधन भएको प्रहरीले बताएको छ ।

छाउनी निवासी मृतक बज्राचार्यको शव पोस्टमार्टमको लागि टिचिङ अस्पताल लगिएको छ ।

ट्याक्सी चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।