नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज (बिहिबार) दोहोरो अंकले बढेको छ ।
नेप्सेका अनुसार आज नेप्से १२.८८ अंकले बढेर दुई हजार छ सय ३१ दशमलब ९० विन्दुमा पुगेको छ भने आज ७ अर्ब २५ करोड बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका एउटा समूहमध्ये चार समूह बाहेक अन्यसबै समूह बढेका छन् । आज ८ कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ ।