logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा थप १५२ जनामा कोरोना पुष्टि


अंकुरण खबर
1.313K
Shares

पछिल्लो २४ घण्टामा थप १५२ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा संक्रमितको संख्या २ लाख ७७ हजार ४६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ४ हजार २१३ जनामा पीसीआर परीक्षण गरिएकोमा १५२ जनाको नतिजा पोजेटिभ आएको हो ।

चौबीस घण्टामा ६५ जना संक्रमण मुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै देशमा कोरोना मुक्त हुनेको संख्या २ लाख ७२ हजार ८५१ पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा १ जनाको मृत्यु भएको छ । नेपालमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ३ हजार ३१ पुगेको छ ।