logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दक्षिणकाली नजिकै दुर्घटना, तीन जनाको अवस्था गम्भीर


अंकुरण खबर
806
Shares

दक्षिणकाली नजिकैको फर्पिङ्ग ओरालोमा मोटरसाइकल र स्कुटर ठोक्किदा मोटरसाइकलमा सवार तीन जना घाइते भएका छन् ।

आज दिउँसो दक्षिणकालीबाट काठमाडौंतर्फ आउँदै गरेको वा प्र ०२–०१२प५३०९ नम्बरको स्कुटर र सातमुलेतर्फबाट मुख्य सडकमा निस्किएको बा ७ प ४९३० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँएको प्रहरीले बताएको छ ।

घाइते तीनै जना बोल्नसक्ने अवस्थामा नरहेकाले उनीहरुलाई उपचारार्थ मेडिसिटी अस्पतालमा लगिएको छ । घाइतेहरुको साथबाट कुनैपनि कागजात फेला नपरेको प्रहरीले बताएको छ ।