logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज नेपाल-खनाल समूहको स्थायी कमिटी बैठक बस्दै


अंकुरण खबर
585
Shares

नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल समूहको स्थायी कमिटीको बैठक बस्दै छ ।

कलंकी उकालोस्थित मेगा बैंक्वेट पार्टी भेन्युमा आज (शुक्रबार )बिहान ११ बजे स्थायी कमिटी बैठक तय गरिएको हो ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो समूहको उपस्थिति बिना नै विधान संशोधन, केन्द्रीय कमिटी विस्तार र महाधिवेशन आयोजक कमिटी बनाएपछि खनाल–नेपाल पक्ष देशव्यापी समानान्तर संरचनामा जाने तयारीमा छ ।

अखिल नेपाल महिला संघ (अनेमसंघ), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, युवा संघ नेपाललगायतमा समानान्तर कमिटी बनाइ सकेका छन् ।

बिहीबार मात्रै कास्की जिल्ला कमिटी पनि समानान्तर बनेको छ । कास्कीको जिल्ला भेलालाई सम्बोधन गर्दै नेता नेपालले अब केन्द्रमा पनि समानान्तर संरचनाको उद्घोष गरेका छन् । आज बैठक बसेर थप रणनीति तय गर्ने खनाल–नेपाल समूहको योजना छ ।