logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बागलुङमा बम विस्फोट, एक जनाको मृत्यु


अंकुरण खबर
871
Shares

बागलुङमा बम विस्फोटमा घाइते एकको मृत्यु भएको छ ।

बिहीबार बडिगाड गाउँपालिका वडा नम्बर २ सिमलचौरमा माछा मार्नका लागि बम बनाउँदै गर्दा बिस्फोट भएपछि गम्भीर घाईते भएका एक युवकको मृत्यु भएको हो ।

गम्भीर घाईते भएका गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ७ स्थायी घर भई बडिगाड गाउँपालिका वडा नम्बर २ सिमलचौर बस्दै आएका ३१ वर्षीय मित्रबहादुर रानाको उपचारको लागि पाल्पा लैजाँदै गर्दा बटोमै मृत्यु भएको परिवारले जनाएको छ ।

बिस्फोटमा गम्भीर घाइते भएका बडिगाड गाउँपालिका-२ हाडिखोलाका २८ वर्षीय अरुण पुनको लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

स्थानीय दुर्गा बहादुर भुजेलको घरमा बम बनाइरहेको समयमा विष्फोट भएको थियो ।