संखुवासभामा सवारी दुर्घटना दुर्घटना भएको छ ।
संखुवासभाको मादी नगरपालिकाबाट धरानतर्फ जाँदै गरेको को१ ख २८२४ नम्बरको शुभम डिलक्स गाडी धर्मदेवी नगरपालिका–४ को दोभान रिसोर्ट नजिक आज दुर्घटना भएको हो ।
गाडी बीस मिटरमाथिबाट पल्टिँदा १५ यात्रु घाइते भएका छन् ।
अहिले घटनास्थलमा गुल्म नम्बर ४ सशस्त्र प्रहरी बल चैनपुर र इलाका प्रहरी कार्यालय चैनपुरसहितको सुरक्षाकर्मीको सहयोगमा घाइतेलाई उपचारका लागि धरानस्थित बिपी मेमोरियल अस्पताल लैजाने तयारी भइरहेको सशस्त्र प्रहरी बल सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक विशाल सिलवालले जानकारी दिए।