logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मन्त्रिपरिषद बैठक : राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समितिमा पदाधिकारी नियुक्त


अंकुरण खबर
1.872K
Shares

सरकारले राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समितिको अध्यक्षमा डा. किरण पौडेल नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषदको  बैठकले वन क्षेत्रका विज्ञ पौडेललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

विकास समितिका सदस्यहरुमा पूर्व जर्नेल बाबुकृष्ण कार्की सहित डा. सुस्मिता ढकाल, शशी शर्मा र भेषराजलाइ विकास समिति सदस्यको रुपमा नियुक्त गरिएको एक मन्त्रीले जानकारी दिए ।

चुरे क्षेत्रको प्राकृति सम्पदामाथिको दोहनका कारण तराई मधेशको जमिन मरुभूमिमा परिणत हुने खतरा बढेपछि राष्ट्रपति राम वरण यादवको पालादेखि सरकारले राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास गठन गरेको थियो ।