logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

अस्ट्रेलिया पठाइदिने बहानामा नौ लाख ठगी गर्ने एक जना पक्राउ


अंकुरण खबर
832
Shares

प्रहरीले अस्ट्रेलिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौं तारकेश्वर नगरपालिका–८ का २३ वर्षीय अमित भुजेललाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

भुजेलले एक सय ५ दिनमै सबै प्रक्रिया पूरा गरि सर्ट–टर्म भिसामा दुई दुई वर्षको लागि काममा लगाइदिने बताएका थिए।

भुजेलले भिसा लगाइदिएबापत प्रतिव्यक्ति ६ लाख रुपैयाँ लाग्ने बताउँदै २ जनाबाट ९ लाख रुपैयाँ लिएर ठगी गरेको भन्दै पीडितले जाहेरी दिएको प्रहरीले बताएको छ ।