नेकपा एमालेको खनाल–नेपाल समूहका नेता भीम रावलले नेकपा एमालेको पार्टी कार्यालयको विषयमा प्रधानमन्त्री केपी ओलीको प्रमुख आर्थिक सल्लाहकार मोतिबाबु दुगडलाई सोध्नुपर्ने भन्दै व्यंग्य गरेका छन् ।
आज बसेको उक्त समूहको स्थायी कमिटीको बैठकको बीचमै निस्केका रावलले सञ्चारकर्मीहरुसँग भने, ‘नेकपा एमलोका संरचनाको सम्पूर्ण संरचना पूर्ववत हुन्छ भनेर अदालतले भनिसकेपछि पूर्ववत कमिटी हामीले चलाइरहेका छौँ । अब कहाँ बसेर चलाउने भन्ने सामान्य हो । कुनै कार्यक्रम गर्नुपर्यो भने कुनै संरचना, कुनै घरबाट चलाउने होला कुनै कहाँबाट होला ।’
पत्रकारहरूले एमालेको पार्टी कार्यालय सरेको छ नि भनेर सोध्दा रावलले भने, ‘त्यो चाहीँ दुगडलाई नै सोध्नुस् ।’ त्यस्तै रावलले नेपालको कम्युनिष्ट आन्दोलनलाई केपी शर्मा ओलीले लज्जित तुल्याउने काम गरेको भन्दै बैठकमा सोही विषयमा छलफल चलिरहेको बताए ।
बैठकमा उक्त समूहका नेताहरू घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि ओलीले कारबाही गरेको भन्दै भत्र्सना गरिएको बताइएको छ ।