logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

२०८१ साल सम्ममा यांग्री र लार्केको पानी मेलम्चीमा मिसाइनेछ : प्रधानमन्त्री ओली


अंकुरण खबर
754
Shares

प्रधानमन्त्री केपी ओलीले २०८१ सालसम्ममा यांग्री र लार्केको पानी पनि मेलम्चीमा मिसाइने बताएका छन् ।

शुक्रबार मेलम्चीको पानी वितरण शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अहिले ८ करोड लिटर पानी वितरण भइरहेकोमा यसको यांग्री र लार्केको पानी मिसाएपछि १७ करोड लिटर क्षमतासम्म पुर्‍याइने बताए ।

उनले हालकै टनेलबाट यांग्री र लार्केको पानी ल्याइने भएकाले अब मेलम्चीजस्तो ढिला नहुने दाबी गरे । उनले यसबारे तदारुकताका साथ काम अगाडि बढाउन मन्त्रालय र विभागलाई निर्देशन दिए ।

वर्षौंदेखि खानेपानी नपाएका उपभोक्ताले शुल्क तिर्नुपरेको र अझ जरिवानासमेत तिर्नुपरेको भन्ने काठमाडौंका मेयर विद्यासुन्दर शाक्यको गुनासोको जवाफ दिँदै उनले त्यो नगर्न निर्देशन दिए ।

‘सेवा नै नपाइकन शुल्क तिर्नुपर्ने, त्यो हुनै सक्दैन, भएको छ भने सच्याइनेछ, सेवा नै नदिएको अवस्थामा कुनै पनि निकायले शुल्क लिन पाइँदैन,’ उनले भने ।’